२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने छौँ’ : केपी शर्मा ओली

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः सरकारमा आएपछि स्वदेशमै उत्पादन गरिएको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्ने तयारी थाल्नु र त्यसअनुसार कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्। उनले आफूले पहिलो पटक सरकारको नेतृत्व गर्दा देश नाकाबन्दीको अवस्थामा रहेको र खाना पकाउने ग्याससहित दैनिक जीवनमा प्रयोग हुने इन्धनको अभाव रहेको स्मरण गराएका छन्।

ओलीका अनुसार उक्त कठिन समयमा नेपालीको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले स्वदेशमै ग्यास उत्खनन गरी पाइपमार्फत भान्सामा ग्यास पुर्‍याउने लक्ष्य व्यक्त गरिएको थियो। सरकारमा रहँदा दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गरिएको र उत्खननसम्बन्धी काम अघि बढाइएको उनले बताएका छन्।

उनले गत वर्ष दैलेख क्षेत्रमा १ खर्ब १२ अर्ब घन मिटर मिथेन ग्यास रहेको पुष्टि भएको, नमुना परीक्षण सफल भएपछि गत मंसिरमै व्यावसायिक उत्पादनको योजनासहित काम अघि बढाइएको दाबी गरेका छन्। तर भदौमा सरकारबाट बाहिरिएपछि उक्त प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।

ओलीले फेरि सरकारमा आएपछि स्वदेशी उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गरिने बताएका छन्।