काठमाडौँ । आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत अभ्यास खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीका ब्याट्सम्यान आशिफ शेखले प्रभावशाली अर्धशतक पूरा गरेका छन्।
बिहीबार चेन्नाईस्थित एमए चिदम्बरम क्रिकेट मैदानमा सम्पन्न खेलमा आशिफले ६.४ ओभरमै ५० रनको व्यक्तिगत स्कोर बनाउँदै टोलीलाई सशक्त सुरुआत दिलाएका हुन्।
उनले १८ बलको सामना गर्दै छ वटा चौका र तीन छक्का प्रहार गरेका थिए।







