२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाको तापक्रम एक्कसि वृद्धिः अबको तीन दिन वर्षा हुने

अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौंको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो । असार १७ गते काठमाडौंको अधिकतम तापक्रम २७ डिग्री थियो भने असार १४ र १५ गते ३० डिग्रीको हाराहारीमा तापक्रम कायम थियो ।

जेठको दोस्रो साता काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी ३१।५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै गत असार १७ देखि देशैभर मध्यमदेखि भारी वर्षा भएको थियो । मनसुन न्यून चापीय रेखा नेपालमा प्रवेश गरेकाले छ, दिनसम्म निरन्तर वर्षा भएको हो । मनसुन याम खासगरी जुलाई र अगष्ठ महिनामा यस्तो मनसुनी गतिविधि केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम र साँझपख हल्का वर्षा चलिरहने मौसमविद् मीनकुमार अर्याल बताउछन् ।

रासससँगको कुराकानीमा अर्यालले भने, “मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने तथा मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा मनसुन ब्रेक अर्थात कम वर्षा र बढी घाम लाग्ने हुन्छ ।”

मौसमविद्को भाषामा यसलाई ‘मनसुन ब्रेक र मनसुन एक्टिभ’ पनि भनिन्छ । यद्यपि, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण वर्षा हुने विविधता ‘रेनफल भेरिविलिटी’ मा केही फरकपन आउने गरेको मौसमविद् अर्यालको भनाइछ ।

गत असार १४ गतेदेखि मनसुन देशैभर फैलिएको महाशाखाले घोषणा गरेको थियो । यस वर्षको मनसुन यही जेठ २५ (जुन ८) बाट नेपालमा प्रवेश गरेको महाशाखाले घोषणा गरेको थियो । सामान्य तह नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई मनसुनको अवधि मानिन्छ ।

महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित पूर्व र पश्चिमी भेगमा बदली रहेको छ, भने साँझतिर वर्षा हुने सम्भावना छ ।

आज दिपायलको ३७, नेपालगञ्जको ३६ दशमलव ९ र धनगढीको ३५ दशमलव ९ डिग्री अधिकतम तापक्रम पुगेको महाशाखाले जनाएको छ ।

तीन दिन बदली र वर्षा

आगामी तीन दिनसम्म देशैभर बदली तथा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।

आज दिउँसो देशका पूर्वी र पश्चिम क्षेत्रका भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र मध्य क्षेत्रका भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ । साँझ देशभरिनै सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

यस्तै, भोलि आइतबार दिउँसो देशभरिनै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने देशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी असार २५ गते सोमबार दिउँसो देशभरिनै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने पूर्वी तथा मध्ये क्षेत्रको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोही दिन साँझ पनि देशभरिनै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।