२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री चौलागाईँले भने : ‘सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो’

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईँले सहिद दिवस केवल सम्झनामा सीमित रहने दिन नभई आत्मसमीक्षा र भावी प्रतिबद्धताको महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।

उनले सहिदका सपना कागजमा होइन, व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए। आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ मा आयोजित राष्ट्रिय सहिद दिवस-२०८२ तथा जेन जेड सुशासन योद्धा र अमर प्रहरीहरूको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा मन्त्री चौलागाईँले सहिदलाई एक दिन मात्र होइन, सधैँ स्मरण गर्नुपर्ने उल्लेख गरे ।

सहिदको बलिदानले नै आजको व्यवस्था सम्भव भएको भन्दै उनले उनीहरूप्रतिको कदर व्यवहारमै देखिनुपर्ने धारणा राखे । “राज्यले आफ्ना नागरिकका सपना पूरा गर्नुपर्छ । कुनै भूगोल, कुनै क्षेत्र किन पछाडि परिरहेको छ भन्ने कुरा गम्भीरतापूर्वक बुझ्नुपर्छ”, उनले भने, “राज्यले आफ्ना सबै नागरिकका हक अधिकार समान रूपमा सुनिश्चित गर्नुपर्छ ।”

मन्त्री चौलागाईँले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्वतन्त्र व्यक्ति भएको स्पष्ट पार्दै राज्यको बेवास्ताका कारण नागरिकहरू सडकमा आउन बाध्य हुने अवस्था सृजना भएको जिकिर गरे । विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेश राज्यका नीतिगत कमजोरीका कारण पछाडि परेको उनको भनाइ थियो ।

“म कर्णाली प्रदेशको व्यक्ति हुँ । म कुनै दलमा आबद्ध छैन, मैले कर्णालीका पीडाका विषयमा निरन्तर लेख्दै आएको छु,” उनले भने, “विगतदेखि राज्यले कर्णाली र सुदूरपश्चिमलाई किन पछाडि पार्‍यो ? त्यहाँका नागरिक के नेपाली होइनन् ?” 

कार्यक्रममा सहभागी सहिद परिवार तथा घाइते व्यक्तिहरूले आफूहरूले राष्ट्रका लागि दिएको बलिदानको उचित कदर अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरूले सहिद परिवार अझै पनि आर्थिक, सामाजिक र मानसिक पीडामा रहेको भन्दै राज्यले तत्काल प्रभावकारी राहत तथा पुन:स्थापनाका कार्यक्रम ल्याउनुपर्ने माग गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।