२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन विपरीत गतिविधिको विवरण चारित्रिक प्रमाणपत्रमा समावेश हुन सक्ने गृह मन्त्रालयको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले प्रचलित कानुन र निर्धारित प्रक्रिया विपरीतका गतिविधि वा कारबाहीमा संलग्न भए त्यससम्बन्धी विवरण नेपाल प्रहरीबाट जारी गरिने चारित्रिक प्रमाणपत्रमा समावेश हुन सक्ने स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार यस्ता विवरण उल्लेख हुँदा वैदेशिक अध्ययन, भ्रमण, रोजगारीलगायत अन्तर्राष्ट्रिय अवसरमा नकारात्मक असर पर्न सक्ने भएकाले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। सो विषयमा गृहले औपचारिक सूचना सार्वजनिक गर्दै कानुनी मर्यादाको पालना गर्न ध्यानाकर्षण गराएको हो।

अपराधसम्बन्धी तथ्यांक र अभिलेखलाई व्यवस्थित तथा एकरूप बनाउन ‘अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८१’ कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ। उक्त निर्देशिकाले तोकेको मापदण्ड, विधि र प्रक्रिया विपरीत कार्य भएमा चारित्रिक प्रमाणपत्र जारी गर्दा सम्बन्धित विवरण समेटिने व्यवस्था रहेको गृहको भनाइ छ, जसले भविष्यमा विविध सेवा सुविधा तथा अवसरमा प्रतिकूल प्रभाव पार्न सक्ने जनाइएको छ।

यसैबीच गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले निर्देशिकाको उल्लंघन गर्दै प्रमाणपत्र जारी गर्ने, त्यसमा केरमेट गर्ने वा विवरण थपघट गर्ने कार्यलाई गम्भीर लिखतसम्बन्धी कसुर मानिने स्पष्ट पारेका छन्। यस्तो कार्यमा संलग्न व्यक्ति वा निकायलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिए।