काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिम क्षेत्र अब भौगोलिक तथा भावनात्मक रूपमा टाढा नरहेको सन्देश दिएका छन्।
सुदूरपश्चिम प्रदेशको दौडाहामा रहेका साहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले फेसबुकमार्फत तस्बिरसहित डोटेली भाषामा अभिव्यक्ति राख्दै सुदूरपश्चिमप्रति आत्मीयता र नजिको पन झल्किने सन्देश दिएका छन्।
पार्टी स्रोतका अनुसार साह कैलाली र कञ्चनपुरमा विभिन्न चुनावी गतिविधिमा सहभागी भइसकेका छन्। त्यसपछि बुधबार डडेलधुरा हुँदै बैतडीको पाटन पुगेका उनी आगामी कार्यक्रम अनुसार दार्चुला जाने तयारीमा रहेका छन्।







