काठमाडौँ । नेपाली सेनाले एकै दिन ठूलो संख्यामा अधिकृतस्तरको व्यवस्थापन, शिक्षण, सरुवा तथा काजसम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको छ। सैनिक प्रशासन स्रोतका अनुसार दुई फरक निर्णयमार्फत कुल ५० जना अधिकृतको जिम्मेवारी हेरफेर गरिएको हो।
पहिलो चरणमा १२ जना अधिकृतलाई व्यवस्थापक अधिकृत, शिक्षाधिकृत तथा सरुवा नियुक्ति दिइएको छ।
यसैबीच, दोस्रो चरणअन्तर्गत अधिकृत काज व्यवस्थापन गरिएको छ। यस लटमा ६ जना प्रमुख सेनानी, २७ जना सेनानी, ३ जना सह सेनानी र २ जना उप सेनानीलाई विभिन्न निकाय तथा संरचनामा काजमा खटाइएको सैनिक प्रशासन स्रोतले जनाएको छ।







