२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ। चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।

बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको माघ १० गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो ।

गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाई गर्न सकेको छैन ।

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको उक्त चलचित्रले यही माघ ३ गतेसम्म एक करोड २३ लाख ८८ हजार कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल तीन हजार २१७ टिकट बिक्री भएका छन् ।

भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गरेका छन् । 

गत पुस १० गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘मुगलान’ले छ लाख ३१ हजार कमाई गरेको छ । अभिनेता प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारीलगायत कलाकारले अभिनय गरेको उक्त चलचित्रको दुई हजार ४०० टिकट बिक्री भएका छन् ।

आशिष ढकालको निर्देशनमा तयार भएको उक्त चलचित्रले न्यून कमाई गरेको छ । गत पुस १७ देखि प्रदर्शन भएको चलचित्र ‘एक्लो’ले राम्रो व्यापार गर्न सकेको छैन ।

प्रदीप शाहीको निर्देशनमा तयार भएको उक्त चलचित्रले ४६ लाख ९५ हजार कमाई गरेको छ । अभिनेता प्रदीप खड्का, दिनेश डिसी, विजय लामा, बेनिशा हमाल, कविता नेपालीलगायत कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रको १४ हजार २५५ टिकट बिक्री भएका छन् । दर्शकबाट सकारात्मक समीक्षा प्राप्त गर्न नसकेपछि उक्त चलचित्रले राम्रो व्यापार गर्न सकेको छैन । 

नेपाली वैकल्पिक राजनीतिका प्रणेता एवं अभियन्ता स्व उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ले सोही अवधिसम्म  तीन लाख १२ हजार कमाई गरेको छ ।

गत पुस २५ देखि देशभरका सीमित चलचित्र भवनमा प्रदर्शन भएको उक्त वृत्तचित्रलाई उज्ज्वल थापा फाउन्डेसनको निर्माण गरेको हो । 

सुदीप भाजुद्वारा निर्देशित उक्त वृत्तचित्रले उज्ज्वल थापाको बाल्यकाल, वैदेशिक शिक्षा, स्वदेश फिर्तीपछिको नागरिक जागरण अभियान र वैकल्पिक राजनीतिमा उनले पुर्‍याएको योगदानलाई समेटेको छ ।

एक व्यक्तिको सक्रियताले समाजमा कसरी अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश वृत्तचित्रले दिएको छ । यो वृत्तचित्र निर्माणका लागि सर्वसाधारणबाट  पाँच लाखसम्मको आर्थिक सहयोग प्राप्त भएको थियो ।

नेपाली नागरिक चेतना, उद्यमशीलता र सामाजिक रूपान्तरणको कथा बोकेको ‘दिमाग घोच्ने मान्छे’ले अपेक्षाकृत व्यवसाय भने गर्न सकेन ।

यही माघ १ गतेदेखि माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शन भएको तीन चलचित्रले उत्साहजनक व्यापार गर्न नसकेको बोर्डद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

‘बल्छी धुर्वे’ का रूपमा टेलीशृङ्खलामा परिचित मरिचमान श्रेष्ठले निर्देशन गर्नुभएको चलचित्र ‘गोबर गणेश’ले  एक करोड १४ लाख ३५ हजार कमाई गरेको छ ।

निर्देशक श्रेष्ठसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय गर्नुभएको उक्त चलचित्रको ४० हजार २३४  टिकट बिक्री भएका छन् । 

यही माघ १ देखि नै प्रदर्शन भएको चलचित्र ‘मिरमिरे’ले ३३ लाख ७२ हजार कमाई गरेको छ ।

बुबा छोरी बीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय गरेका छन् ।

यम शेर्पाको निर्देशनमा तयार भएको उक्त चलचित्रको १० हजार ८१३ टिकट बिक्री भएका छन् ।अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको चलचित्र ‘भाइरल गोर्खे’ले सोही अवधिमा ३४ लाख ५३ हजार कमाई गरेको छ ।

सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई केन्द्रित गर्दै तयार गरिएको गएको माघ १ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका छन् ।

अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गर्नुभएको उक्त चलचित्रको १० हजार ६०५ टिकट बिक्री भएका छन् ।

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गर्दै आएको छ ।