२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त, चिकित्सक प्रहरीको नियन्त्रणमा 

अ+ अ-

काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रभित्र एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि स्थानीय अवस्था तनावग्रस्त बनेको छ । घटनापछि सुरक्षाकर्मीको सक्रियतामा स्थिति नियन्त्रणमा ल्याइएको छ भने उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लालबन्दी नगरपालिका-१ नवलपुरमा अवस्थित एक आयुर्वेद औषधालयमा पायल्सको उपचार गराइरहेकी सोही नगरपालिकाको वडा नम्बर २, पुनर्वास क्षेत्रकी करिब १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो । परिवारजनका अनुसार उपचारका क्रममा चिकित्सकबाट गम्भीर लापरबाही भई गलत शल्यक्रिया गरिएको दाबी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शल्यक्रियापछि किशोरीको स्वास्थ्य अवस्था जटिल बनेको थियो । त्यसपछि उनलाई थप उपचारका लागि हरिवनस्थित एक निजी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीय र आफन्तले टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । केही समय सवारी आवागमन प्रभावित भए पनि सुरक्षा निकायको पहलमा निष्पक्ष छानबिन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमति भएपछि यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ र उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा राखी थप प्रक्रिया अघि बढाइएको छ ।