काठमाडौँ । बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको शनिवारको निर्णयअनुसार नेपाल कृषि सेवा, भेटेरिनरी समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना, नेपाल कृषि सेवा, खाद्य, पोषण तथा गुण नियन्त्रक समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना र नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत तीन जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना :








