२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस, सुरक्षा समितिको बैठकले गर्‍यो दुई निर्णय

अ+ अ-

चितवन । सिमलताल क्षेत्रमा आएको लेदोसहितको पहिरोका कारण त्रिशूली नदीमा बगेर बेपत्ता भएको एक बसको अवशेष निकाल्ने प्रयास निरन्तर १२ दिनसम्म पनि प्रभावकारी हुन नसकेपछि सम्बन्धित दुई जिल्लाको सुरक्षा संयन्त्रले उद्धार कार्यको समीक्षा गर्दै वैकल्पिक कार्ययोजना तय गरेको छ।

चितवन र तनहुँका सुरक्षा प्रमुख, प्राविधिक विज्ञ तथा सरोकारवाला निकायको सहभागितामा बसेको संयुक्त बैठकले हालसम्मको उत्खनन प्रक्रिया अपेक्षित परिणाम दिन नसकेको निष्कर्ष निकालेको हो। बैठकमा अवशेष निकाल्ने कार्यलाई निरन्तरता दिन दुई सम्भावित उपायमा सहमति जुटाइएको छ।

चितवन प्रशासनका अनुसार पहिलो चरणमा उद्धार टोलीको सिफारिसअनुसार आवश्यक उपकरण थप गर्ने निर्णय गरिएको छ। यसअनुसार थप दुई वटा पुलर प्रयोगमा ल्याई बस बाहिर निकाल्ने प्रयास गरिनेछ।

यदि उक्त प्रयासबाट पनि भोलि दिनभरि प्रगति हुन नसकेमा दोस्रो विकल्पका रूपमा बसका बाहिर निस्किएका भागहरू काटेर क्रमशः हटाउँदै सम्भव भएसम्म उत्खनन र सफाइ गर्ने योजना बनाइएको छ। यी बाहेक अन्य कुनै व्यावहारिक उपाय नदेखिएकाले निर्धारित प्रयासपछि पनि सफल नभए उत्खनन कार्य त्यही चरणमा रोक्ने निर्णय गरिएको छ।

उक्त बस २०८१ साल असार महिनामा सिमलताल क्षेत्रबाट त्रिशूलीमा बगेर बेपत्ता भएको थियो। करिब डेढ वर्षपछि पुस २७ गते घटनास्थलभन्दा करिब ३०० मिटर तल तनहुँतर्फ बालुवाले पुरिएको अवस्थामा अवशेष फेला परेको थियो। त्यसयता चितवन र तनहुँ दुवैतर्फका सुरक्षाकर्मीले संयुक्त रूपमा अवशेष निकाल्ने प्रयास जारी राख्दै आएका छन्।

उल्लेखनीय छ, उक्त दुर्घटनामा दुई वटा बस त्रिशूलीमा बेपत्ता हुँदा अधिकांश यात्रु सम्पर्कविहीन भएका थिए। हालसम्म २४ जनाको शव मात्र फेला परेको छ। सरकारले घटनामा बेपत्ता भएका व्यक्तिलाई मृतकसरह मानी क्षतिपूर्ति उपलब्ध गराइसकेको छ।