काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजकाे दिन विशेष दिन भएको उल्लेख गरेका छन् ।
ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ।’
ओलीले थप भनेका छन्- ‘हामीलाई पूरा विश्वास छ-हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। ‘
ओलीले आज झापा ५ बाट एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।







