सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्तिका लागि तीन जना उम्मेदवार सिफारिस भएका छन्। सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशले सिफारिससम्बन्धी सूचना सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
मन्त्रालयका अनुसार सदस्य सचिव सिफारिसका लागि २०८२ पुस ३० गते प्रकाशित सूचनाअनुसार प्रारम्भिक योग्यताक्रममा सूचीकृत १० जना उम्मेदवारमध्ये मिति २०८२ पुस ३ गते लिइएको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूको मुल्यांकन गरिएको थियो।
‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव छनोटसम्बन्धी मापदण्ड, २०८२’ अनुसार गरिएको मुल्यांकनमा प्राप्त अंकका आधारमा तीन जना उम्मेदवार योग्य ठहर भई सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।
सिफारिस सूचीमा पहिलो नम्बरमा वीरेन्द्रनगर-७, सुर्खेतका रवीन्द्र चन्द्र, दोस्रो नम्बरमा भेरीगंगा-४, सुर्खेतका दिपक हमाल र तेस्रो नम्बरमा वीरेन्द्रनगर-५, सुर्खेतका प्रमोद हमाल रहेका छन्।








