२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्नेमा सञ्चार मन्त्री खरेलको जोड

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले सञ्चारकर्मीहरू हरेक क्षेत्रमा निपुण भएकाले अब बन्ने सरकारका पनि उनीहरूको प्रतिनिधित्व हुनुपर्ने बताए ।  

पत्रकारले देश, समाज र राजनीतिका बारेमा सबै कुरा बुझेकाले राज्य सञ्चालन गर्न सञ्चारकर्मीलाई कठिन नहुने विचार व्यक्त गर्दै भने, “म पनि २५ वर्ष पत्रकारिता गरेको व्यक्ति हुँ, जेनजी आन्दोलनको बलमा आकस्मिक रूपमा मन्त्री भएको हुँ, राजनीतिलाई पेसा बनाउनेले मात्रै राजनीति गर्नुपर्छ भन्ने भाष्य चिरिएको छ, जेनजी जनआन्दोलनले पत्रकारितालाई गरेको सम्मानका कारण म मन्त्री भएको हुँ, देशका १४ हजारभन्दा बढी पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ ।” 

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जेन जेड आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारले चार महिनामा जनपक्षीय काम मात्र गरेको बताउँदै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्न समाजका हरेक वर्गबाट सहयोग हुनुपर्नेमा जोड दिए । 

“हामी सबै निर्वाचनमा होमिँदै छौँ, यसलाई सफल पार्न पत्रकारिता क्षेत्रबाट अझ सशक्त भूमिकाको अपेक्षा हामीले गरेका छौँ,” उनले भने ।

मन्त्री खरेलले जेन जेड आन्दोलनको मर्म परिवर्तन भएको दोहोर्‍याउँदै आम निर्वाचनलाई सफल पार्न समाजका हरेक वर्गबाट सक्रिय भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरूको हकहितका खातिर महासंघ क्रियाशील रहेको बताइन् । साथै उनले अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि पनि महासंघ सक्रिय रहेको बताइन् । 

चलचित्र पत्रकार संघका अध्यक्ष वैकुण्ठराज पराजुलीले मूलधारका मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरूको हकहितका लागि सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिइन् ।