२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैंडाको स्वास्थ्य परीक्षण हुँदै

अ+ अ-

चितवन । सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ ।

यही असार १५ गते चीनको पशु क्वारेन्टाइनबाट आउनुभएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले गैंडाको अन्तिम स्वास्थ्य परीक्षण थालेको हो ।

नेपाली भेटेरिनरी चिकित्सक डा. कमल गैंरे, डा. अमिर षडौला, भेटेरिनरी प्रविधिज्ञ पुरुषोत्तम पाण्डे र किरण रिजालसहित वाङ्गको टोलीले गैंडाको स्वास्थ्य परीक्षण गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार अन्य आठ वन्यजन्तु प्रविधिज्ञ गैंडाको रेखरेखमा खटिएका छन् । यसअघि गैंडाको अवस्था बुझ्न यही असार १३ गते चीनबाट आएको विज्ञ टोली असार १६ गते फर्किसकेको छ ।

चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पिट बोमा ९सानो खोर०मा राखिएको दुई जोडी गैंडामा मुख्य गरी खोरेत, क्षयरोग र ब्लूटङ्ग (नीलो जिब्रा हुने समस्या) लगायत रोगको परीक्षण भइरहेको स्वास्थ्य परीक्षणमा सहभागी डा. अमिर षडौलाले जानकारी दिए । नमूना संकलन गरेर त्यसको प्रयोगशाला परीक्षण गरिने छ ।

विगतदेखि नै गैंडाको स्वास्थ्य अवस्थाको अध्ययन गर्दै आउनुभएका डा. कमल गैरेले भने अहिलेसम्म सबै गैंडा तन्दुरुस्त रहेको प्रतिक्रिया दिए ।

पहिलो चरणमा यही असार २८ गते चीन पठाउने तयारी गरिएको एक जोडी गैंडामध्ये भाले गैंडाको नाम ‘भद्र’ र पोथी गैंडाको नाम ‘रुपसी’ राखिएको छ ।

गएको वैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट तीन वटा गैंडालाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ । अर्को एउटा गैंडा भने भारतबाट उद्धार गरी ल्याइएको हो । रासस