२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा दिने निगमको तयारी

अ+ अ-

काठमाडौं । नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ ।

राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा दिने दीर्घकालीन लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय उडानमा मात्रै ध्यान दिँदा निगमको आन्तरिक बजार खस्केको र निजी क्षेत्रमा विमान कम्पनीले हिस्सा बढाएको पाइएपछि निगम आक्रामक रुपमा बजार विस्तारका लागि कार्ययोजनासहित प्रस्तुत हुन लागेको हो ।

हाल निगमसँग आन्तरिक उडानका लागि चीनबाट आयात गरिएको छवटा विमान र पूराना दुईवटा विमान गरी कूल आठवटा विमान रहेका छन् । आन्तरिक तथा बाह्य उडानलाई सँगसँगै प्रमुख सहज हवाई सेवा सञ्चालनका लागि सरकारले भन्दै सरकारले मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती भने कायम रहेका छन् ।

निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले अन्तर्राष्ट्रिय सेवासँगसँगै आन्तरिक सेवा पनि उत्तिकै महत्वपूर्ण रहेकाले त्यसमा विशेष ध्यान दिइएको जानकारी दिए । महाप्रबन्धक कसांकारले भने, “आन्तरिक सेवामा पनि हामी चाँडैनै जति विमानस्थल चालू छन्, त्यहाँ नाफा घाटा नहेरिकन देश र जनताको सेवाको लागि सामाजिक र आर्थिक विकासको लागि त्यहाँ हामीले सेवा दिन्छौँ ।”

विमानस्थल भएका जिल्लामा हप्ताको एउटा मात्रै उडान भए पनि १९ सीट क्षमताको विमानमा दुई जना यात्रु भएपनि नियमित उडान राखेर सेवा दिने निगमको प्रण छ । “अन्तर्राष्ट्रिय सेवाको ग्राउण्ड ह्याण्डलिङबाट नाफा कमाएर देशका दुर्गम र विकट क्षेत्रमा नाफा नहेरिकन हामीले चलाउनैपर्छ । चलाउँछौ । यो हाम्रो दायित्व हो ।”

निगमलाई वास्तविक रुपमा व्यावसायिक र प्रतिस्पर्धी बनाउन लागि परेको जानकारी दिँदै महाप्रबन्धक कसांकारले निगमको सबै सेवालाई चुस्त, दुरुस्त बनाएरै छाडिने दृढता व्यक्त गरे । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेका हुन् ।

थप छ नयाँ जहाज खरिद गर्दै निगम
निगमले आन्तरिक बजार विस्तारका लागि थप छ वटा विमान खरिद गर्ने भएको छ । कूल १९ सीट क्षमताका क्यानेडियन कम्पनीका ट्वीनअटर जहाज खरिद गर्न लागिएको महाप्रबन्धक कंसाकारले जानकारी दिए ।

दुर्गममै उडान गर्ने प्रयोजनका लागि निगमले चिनियाँ कम्पनीका वाई १२ जहाज ल्याइसकेको छ । यस्तै सुगम गन्तव्यको उडानका लागि एमए ६० जहाज ल्याइएको छ । चालकको अभावका कारण ती विमान सञ्चालनमा ल्याउन कठिनाई भइरहेको छ । तर छिट्टै नयाँ कार्ययोजना बनाएर सबै गन्तव्यमा जहाज उडाउने निगमको योजना छ । निगमले थप ट्वीनअटर जहाज ल्याएर आन्तरिक उडानमा आक्रमक हुने योजनामा अगाडि सारेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केही समय पहिले सार्वजनिक गर्नुभएको कार्ययोजनामा पनि निगमलाई जहाज किन्न सहजीकरण गर्ने उल्लेख छ । ती जहाजका लागि करिब रु तीन अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा छन् भने १७ वटा बन्द छन् । यस्तै छ वटा निर्माणका क्रममा छन् । केही दिन पहिलेदेखि राजविराज विमानस्थल सञ्चालनमा आएको छ । यस्तै इलामको सुकीलुम्बा विमानस्थलमा समेत परीक्षण उडान भइसकेको छ । यस्तै गुल्मीको रेसुङ्गा विमानस्थल पनि परीक्षण उडान भइसकेको छ ।

यस्तै अछामको कमलबजार र सञ्चालनमा रहेर पछिल्लो केही समयदेखि बन्द भएको साँफेबगर विमानस्थलबाट पनि सेवा दिने तयारी गरिएको छ । तर लामो समयपछि सञ्चालनमा ल्याइएको बाग्लुङको बलेवा विमानस्थल र दाङको टारिगाँउ विमानस्थल भने यात्रुको अभावका कारण सञ्चालनमा कठिनाइ देखिएको छ ।

सोलुखुम्बुमा सबैभन्दा बढी चार र खोटाङमा तीन विमानस्थल छन् । काठमाडौँसहित २६ वटा विमानस्थल कलोपत्रे गरिएका छन । काठमाडौँपछि पोखरा, विराटनगर, भैरहवा, भद्रपुर, नेपालगन्ज र धनगढी विमानस्थल सुविधा सम्पन्न मानिन्छ ।

मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षात्को समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । प्राधिकरणका अनुसार ताप्लेजुङ, लामिडाँडा, कांगेलडाँडा, थामखर्क, दाङ, मनाङ, मेघौलीलगायत विमानस्थल वर्षात्को समयमा बन्द हुन्छन् भने अन्य केही विमानस्थलमा अवरोध हुने गरेको छ ।

वर्षातको समयमा पहिरो, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र गन्तव्यमा पुग्ने यात्रुलाई समस्या पर्ने हुँदा हवाई यातायात छिटो र छरितो मानिन्छ । मौसम प्रतिकूलताका कारण पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुने गरेको प्राधिकरणले जनाएको छ ।

आर्थिक हिसाबले आन्तरिक विमानस्थल सबैजसो घाटामा रहेको पाइएको छ । पर्यटकीय दृष्टिकोणले करोडौँ खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरुपमा सञ्चालन नहुँदा थप घाटा पुगेको छ ।