२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यमा आत्मनिर्भर हुने गरी उत्पादन बढाउनुपर्नेमा मानव अधिकार आयोगका अध्यक्ष मगरको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले खाद्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।

आयोगले बिहीबार आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्था र पुनरावलोकन विषयक छलफलमा उनले यस्तो बताएका हुन् ।

संविधानले प्रदान गरेको सबै नागरिकको खाद्य अधिकारलाई पूरा गर्न नेपालमा उत्पादन बढाउने गरी नीति बनाउनुपर्नेमा उनले जोड दिए ।

हाल आयातमार्फत भए पनि नेपालमा खाद्य अभाव नभएको उनले बताए । तर यसलाई सुधार गरेर खाद्यमा नेपाल नै आत्मनिर्भर हुने गरी उत्पादन बढाउन लाग्नुपर्नेमा उनले जोड दिए ।

उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको व्यवस्था र मर्म पनि पनि त्यही नै रहेको दाबी गरे ।

उनले खाद्यमा विषादी हुने गरेको उल्लेख गर्नुहुँदै सम्बन्धित निकायले त्यसलाई निगरानीमा राख्नुपर्ने बताए । स्वच्छ खानेकुरा खान पाउनु नागरिकको अधिकार भएको उनको भनाइ छ ।

‘ऐन कार्यान्वयन हुने र सबैको खाद्य अधिकार संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्न पाउनुपर्छ । हामी कहाँ फुड सटेज छैन अहिले तथापि हामीले धान चामल बाहिर निकासी गर्थ्यौ, अहिले बाहिरबाट आयात गरिहरेका छौँ,’ उनले भने, ‘तर यसलाई सुधार गरेर हामीले खाद्यको अवस्था जुन हो, हामीले हामै देशमा पुग्ने बनाउनुपर्छ । त्यस्तो नीतिको व्यवस्था गरेर जानुपर्छ । यो ऐनको व्यवस्था पनि त्यही नै हो । खाद्यमा विषादी पनि हुनुभएन, त्यसलाई पनि निगरानी राख्नुपर्‍यो । स्वच्छ खानेकुरा खान पाउनुपर्छ ।’

उनले खाद्य सुरक्षासम्बन्धी आयोगले सरकारलाई दिएको सुझाव कार्यान्वयनमा नआएको पनि गुनासो गरे । आयोगले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन उनले सरकारलाई आग्रह गरे ।