२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चण्डी तोप र गोला चितवनको उपरदाङगढी लगियो

अ+ अ-

काठमाडौँ । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा पुनः चण्डी तोप र गोला लगिएको छ । गढीमा बनेको आकर्षक कोतघरको पिंढीमा चण्डी तोप र गोला राखिएका छन् भने भवन भित्र पुराना हातहतियार राखिएका छन् ।

गढीमा तोप, गोलाको सुरक्षा नभएको भन्दै भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा राखिएका यी सामग्री पुनः गढीमै फिर्ता गरिएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-७ मा पर्ने ऐतिहासिक यो गढी सेन वंशको पालामा निर्माण गरिएको थियो । इच्छाकामना गाउँपालिकाले पछिल्लो समयमा गढीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास र संरक्षण गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।

गाउँपालिकाको आग्रहमा नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणमा राखिएका तोप र गोला गढीमा लगिएको हो । नेपाली सेना आफैँले सहजीकरण गरेर ती हातहतियार गढीमा पुर्‍याएर यसको महत्वलाई अझै बढाउन भूमिका खेलेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिएका छन् ।

बुधबार बिहान भरतपुरमा रहेको सेनाको ब्यारेकबाट ६ पाउन्ड तौल भएको तोप र त्यसमा लाग्ने ५० वटा गोला पूजापाठ गरेर निकालिएको थियो । पञ्चेबाजाका साथमा मंगलधुन बजाएर चण्डी तोप र गोलाहरू ब्यारेकबाट गाडीमा हालेर गढीको केही तलसम्म सवारी जान सक्ने ठाउँसम्म पुर्‍याइएको थियो । त्यसपछि नेपाली नेपाली सेना र स्थानीयको सहयोगमा तोप र गोला बोकेर गढीको कोतसम्म पुर्‍याएर पुनः तोप जोडिएको थियो ।

सेनाले तोप र गोलासहित भरुवा बन्दुक २ नाल, एउटा खुँडा, दुई वटा तरबार, १२ इन्चका दुई खुकुरी, १३ इन्चको दुई खुकुरी, १४ इन्चको दुई खुकुरी र युद्धका बेला सैनिकले आफ्नो सुरक्षाका लागि रोक्न प्रयोग गर्ने ढाल एउटा गढीमा दिएको जनाएको छ ।

नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकका पृतनापति उपरथी विष्णुकुमार खड्काले यी सामग्री इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।