२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा पाँच महिनामा ३६ जघन्य अपराध

अ+ अ-

चितवन । पाँच महिनाको अवधिमा जघन्य अपराधका तीन दर्जन घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा सन् २०१८ जनवरीदेखि मेसम्ममा ३६ वटा जघन्य अपराधका मुद्दा दर्ता भएका हुन् ।

अनौपचारिक सेवा केन्द्र ९इन्सेक० चितवनले आज यहाँ आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक, २०१८ को अर्धवार्षिक समीक्षा एवं जिल्लाको मानवअधिकारको अवस्था विषयक अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा १३१ घरेलु हिंसाका मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

इन्सेक जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जघन्य अपराधमा बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बढी रहेका छन् । पाँच महिनामा १५ वटा बालबालिका यौन दुव्र्यवहारमा परेका छन् । उनीहरुमध्ये १३ वटा बालिका जबर्जस्ती करणी, एक बालक र एक बालिकामाथि दुव्यवहार भएको छ ।

यस्तै महिलामाथि हुने यौन हिंसाका घटना आठ वटा छन् । तीमध्ये तीनवटा जबर्जस्ती करणी र पाँचवटा करणी प्रयासका छन् । यो अवधिमा बेचबिखनमा चारवटा, बहुविवाहमा पाँचवटा र हत्यामा तीनवटा मुद्दा दर्ता भएको अधिकारीले बताए । बेचबिखनमा तीनजना महिला र एक बालिका परेको तथ्याङ्कमा उल्लेख छ । हत्या हुनेमा सबै पुरुष रहेका छन् ।

चार वर्षदेखि १० वर्षमुनिका बालिका बढी मात्रामा जबर्जस्ती करणीमा पर्ने गरेको जिल्ला प्रहरी काार्यलय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बताए ।

उनका अनुसार पीडकहरु १९ देखि ७१ वर्ष उमेर समूहका छन् । अहिले जिल्लामा सवारी दुर्घटना, भवितव्य, सार्वजनिक मुद्दापछि जबर्जस्ती करणीका मुद्दाको संख्या धेरै रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका घरपरिवार र अभिभावकले रेखदेख गर्न नभ्याउने घरहरुमा बढी मात्रामा यस्ता घटना हुने गरेको उनले बताए । रासस