२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाका लागि लुम्बिनीबाट रामकुमारी झाँक्रीसहित काँग्रेस-एमाले उम्मेदवारले गराए मनोनयन दर्ता

अ+ अ-

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि काँग्रेस-एमाले गठबन्धनका ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तालमेलअनुसार एमालेकी रामकुमारी झाँक्री, नेपाली काँग्रेसका वासुदेव जंगली र चन्द्र केसीले मनोनयन दर्ता गरेका हुन् । झाँक्री महिला क्लस्टरबाट, जंगली अपाङ्‍गता क्लस्टरबाट र केसीले अन्य क्लस्टरबाट मनोनयन दर्ता गराएका छन् ।

झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र समर्थकमा उपप्रमुख हुमाकुमारी डिसी रहेका छन् । जंगलीको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी छन् ।

केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत छन् ।

लुम्बिनी प्रदेशबाट खुला, महिला र अपाङ्गता क्लस्टर गरी तीन जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् । फागुन २० गतेदेखि पदावधि सकिन लागेका एमालेका गोपाल भट्टराई (खुला), विमला घिमिरे (महिला) र माओवादीका जगप्रसाद शर्मा (अपांगता)को ठाउँमा नयाँ सदस्य आउनेछन् ।

प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ । जसमा काँग्रेसको ३,१७९, एमालेको २,८१० र माओवादी-एकीकृत समाजवादी गठबन्धनको २,६८६ मतभार छ । केन्द्रमा सहमति नभएपछि लुम्बिनी प्रदेशमा समेत नेपाली कम्युनिष्ट पार्टीले अलग्गै उम्मेदवारी दर्ता गरेका छन् ।

लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विकले उम्मेदवारी दर्ता गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता सुदर्शन बरालले जानकारी दिए ।