२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक सूचीप्रति राप्रपा प्रवक्ताकै असन्तुष्टि, सच्याउन माग

अ+ अ-

काठमाडौँ । राप्रपामा पनि समानुपातिक बन्द सूचीलाई लिएर विवाद देखिएको छ ।

पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङले आफू निकट र परिवारका सदस्यलाई समानुपातिक बन्द सूचीको शीर्षस्थानमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यसलाई सच्याउनुपर्ने उनको माग छ ।

‘पार्टी उपाध्यक्ष बुद्धिमान तामाङको परिवारले २०६४ देखि २०७९ सम्म समानुपातिक र गठबन्धन गरेर त्यसको प्रत्यक्ष लाभ लिनुभएको छ । उहाँ सम्पन्न मान्छे हो तर अहिले उहाँले श्रीमतीलाई आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा सिफारिस गर्नुभयो । २०७९ मा पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेदवार बनेकी खुश्बु ओलीलाई पार्टीले पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको हो । उहाँले अहिलेसम्म एक भोट पनि राप्रपालाई दिनुभएको छैन । तर उहाँलाई खसआर्य महिला क्लस्टरको पहिलो नम्बरमा राखियो,’ शाहीको माग छ, ‘अल्पसंख्यक, विपन्न, गरिब, असहायको आवाज उठाउनेका लागि समानुपातिक व्यवस्था गरेकोमा पार्टीले दुरुपयोग गरेको छ । अब पार्टीले सूची सच्याउनपर्छ । जसका लागि यो व्यवस्था संविधानमा गरिएको छ तिनैलाई पार्टीले सिफारिस गर्नुपर्छ ।’

राप्रपा अध्यक्ष निकट एक शीर्ष नेताले भने पार्टीको केन्द्रीय कार्यसम्पादन कमिटीले सर्वसम्मतिले समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको हो । ‘उपाध्यक्षको श्रीमती भए पनि उहाँले २०४७ सालमा सूर्यबहादुर थापाबाट सदस्यता लिनुभएको हो । पार्टीको जिल्ला, क्षेत्र, केन्द्रका विभिन्न कमिटीमा काम गर्नुभएको थियो । अहिले पनि महाधिवेशनबाट केन्द्रीय सदस्य जित्नुभएको हो । महिला संघको पनि विभिन्न पदमा नेतृत्व गरेको हो । पार्टीको नाममा घाइते पनि भएको र हिरासतमा पनि थुनिएको हो,’ ती नेताले भने, ‘कार्यसम्पादन समितिबाट एकमत बन्द सूची पारित भएको हो । यसबारे शाहीले पनि विरोध जनाउनुभएको थिएन । अहिले संविधानले दिएको मौलिक हकको सदुपयोग गर्नुभएको होला ।’