२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीन वटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।

शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु. ८० लाख लागतमा १५० मिटर, संघीय आयोजनाअन्तर्गत रु. पाँच लाख लागतमा २५ मिटर र प्रदेश सरकारको आयोजनाअन्तर्गत रु. १५ लाख लागतमा ५० मिटर तटबन्ध निर्माण भइरहेको छ ।

टोटी नालामा रु. १० लाखभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी गरिएको उनले जानकारी दिए । वडाध्यक्ष ऐरले वर्षाका बेला तीव्र भू-क्षय हुँदै आएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तटबन्ध निर्माण अघि बढाइएको बताउँदै दोस्रो प्राथमिकतामा सार्वजनिक जग्गा तथा बगर संरक्षण क्षेत्रलाई समेटिएको उल्लेख गरे ।

स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गरे । भू-क्षयको समस्या वडा कार्यालयमा राखेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुन थालेको उनको भनाइ छ ।

स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाले सार्वजनिक सडक जोगिनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भू-क्षयबाट सुरक्षित हुने अपेक्षा गरिएको छ ।