२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको प्रष्टीकरण : ‘परिवारवादमा स्पष्ट छौँ, विधि बाहिर जान्दैनौँ’

अ+ अ-

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । त्यस्तै, आफ्नो पार्टी परिवारवादमा स्पष्ट भएको पनि उनले जिकिर गरेका छन् ।

‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जान्दैनौँ । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ लामिछानेले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’

समानुपातिकको बन्दसूचीमा परेका केही व्यक्तिबारे भइरहेको आलोचनाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘पछिल्लो परिस्थितिमा जुन राजनीतिक घटनाक्रमहरू भए, विशेष गरेर हामी नयाँ जसरी एक ठाउँमा उभिएर जाने भनेर छोटो समयमा निर्णय भयो । त्यसले हामीलाई तयारीमा हाम्रो समय नपुगेको जरुर हो,’ लामिछानेले भने, ‘अहिले सार्वजनिक चासोमा आउनुभन्दा अघि नै यो चाहिँ रिभ्यू गर्ने समय हुन्छ भन्नेलाई मध्यनजर गर्दै, किनभने कुलमानजीसँग हामीले अन्तिम समयमा गरेका हौँ । किनभने उता सूची बुझाउनु छ, यता हामी सहमति गर्दै थियौँ ।’

यस्तै कारणले केही समस्या भएको हुनसक्ने र भएको भए पनि त्यसलाई रिभ्यू गरिने उनले बताए ।

‘हामी सचेत छौँ । तर समयले गर्दा अरू दुई दिन पनि अरू केही विवाद छन् कि भनेर हामी वेट गरेका छौँ । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्दै । किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भने ।