काठमाडौँ । नेपाल प्रहरी काठमाडौँको नागार्जुन नगरपालिका–४ स्थित बाफल चोकबाट बिलबिजक नभएको सामानसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
धनगढी देखी काठमाडौँ आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की भित्रबाट बिल बिनाको २८ कार्टुन मोबाईको पार्टस सामानसहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई बुधवार बिहान ६: १५ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको साथमा २७ बोरामा १५०० पिस टेम्पड ग्लास, १ पिसको अन्दाजी मूल्य रु. ३५ को दरले रु. १४ लाख १७ हजार पाँच सय पर्ने सामान बरामद गरिएको प्रहरीले जनाएको छ । अहिले उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा छानबिन लागी वृत्त स्वयम्भूमा राखिएको छ ।







