२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र बनाएको भन्दै समानुपातिक सूचीप्रति रक्षा बमको असन्तुष्टि 

अ+ अ-

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा खुलेकी जेन जेड अगुवा रक्षा बमले समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘समानुपातिक सूची देखेर मन खिन्न’ भएको बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार परेको र सुदूरपश्चिमबाट दुई जनामात्रै सामेल गरिएकोप्रति उनले असन्तुष्टि प्रकट गरेकी हुन्।

‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो’ उनले लेखेकी छन्, ‘दुखद कुरा चैँ, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो।’

रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जा मन्त्री कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन भूमिका खेलेकी रक्षाले उनीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छन्।

यद्यपि उनले रास्वपा र रास्वपाका नेताहरूको नाम भने उल्लेख गरेकी छैनन्।

उनले सुदूरपश्चिम राजधानीबाट वर्षौंदेखि अपहेलित रहँदै आएकोमा अहिले पनि अवस्था उस्तै देखिएको उल्लेख गरेकी छन्।

उनी लेख्छन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्।’

रक्षा थप्छिन्, ‘यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ।’

बालेन रास्वपामा समाहित हुँदा रक्षालाई जेन जेडहरूलाई मिलाउने जिम्मा दिएका थिए।