काठमाडौँ। उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगकोमा बुझाएको समानुपातिक तर्फका बन्द सूचिमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् ।
उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको विषयमा आफूहरूसँग सल्लाह नगरिएको भन्दै समानुपातिक सूचीमा आफ्नो नाम राखिएकोमा असहमति जनाएका हुन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्द समानुपातिक उम्मेदवारको सूचीमा आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औँ नम्बर लावतीको नाम रहेको छ।
डा. लावतीले उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा एकता भएको समाचार थाहा पाएको बताए ।
‘एकता भएको समाचारमा थाहा पायौँ। त्यसपछि हाम्रा मुद्दा के भए भनेर सोध्दा घोषणा पत्रमा आउँछ भन्नु भएको छ । हामी के लेखिन्छ भनेर पर्खिएर बसेका छौँ ।’ उनले भने ।ए ।







