२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्ज भन्सार कार्यालयद्वारा पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व संकलन

अ+ अ-

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रु. सात अर्ब ६५ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

चालु आवको पाँच महिनामा रु. सात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिए । उनका अनुसार नेपालगन्ज भन्सारले चालु आवको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । चालु आवको साउनमा रु. एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत रु. एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रु. एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत रु. एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व संकलन भएको छ ।

त्यसैगरी, असोजमा रु. एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत रु. एक अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा रु. दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत रु. एक अर्ब ५३ करोड ७० लाख ८२ हजार र मङ्सिरमा रु. एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत रु. एक अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व संकलन भएको छ ।

कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व संकलन भएको थियो ।

नेपालगन्ज नाका हुँदै चालु आवको पाँच महिनामा रु. ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ। चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्म रु. ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार बराबरको वस्तु तथा सामान आयात भएको हो ।

गत आव २०८१/८२ को सोही अवधिमा रु. २९ अर्ब आठ करोड ४५ लाख ४४ हजार बराबरको मालसामान आयात भएको थियो। नेपालगन्ज भन्सार कार्यालयबाट चालु आवको पाँच महिनामा रु. एक अर्ब एक करोड ६३ लाख ८९ हजार बराबरको मालसामान निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा रु. ८८ करोड ६८ लाख ८२ हजार बराबरको मालसामान निर्यात भएको थियो।

चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल रु. ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार बराबरको कारोबार भएको छ। अघिल्लो आवको सोही अवधिमा रु. २९ अर्ब ९७ करोड १४ लाख २६ हजार बराबरको कारोबार भएको थियो।कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको पाँच महिनामा उस्तै रहेको छ। अघिल्लो आवको पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६.६८ रहेको सूचना अधिकारी खड्काले बताए ।