२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकका कर्मचारीमाथिको धरपकड बन्द गर्न बैंकर्स संघका अध्यक्ष कोइरालाको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिसँग बैंकिङ क्षेत्रको कुनै लेनदेन नरहेकाले यस क्षेत्रमा आक्रमण गर्न बन्द गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले बैंकका कर्मचारीमाथि धरपकड बन्द नगरे आफूहरू सहेर नबस्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले भने, ‘राजनीतिसँग हाम्रो कुनै लेनदेन पनि छैन । कसले के राजनीति गर्ने भन्ने कुरामा चासो पनि राख्दैनौँ । तर राजनीति बढाउने क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारी साथीहरूमाथि कुनै पनि प्रकारका धरपकडहरू हुन्छन्, धम्की र त्रास हुन्छ, कालोमोसो दलिन्छ, जुत्ताको माला लगाइन्छ भने हामी बैंकर्सहरु पनि त्यसलाई सहेर बस्दैनौँ ।’

आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न बैंकका कर्मचारीहरूमाथि भएको आक्रमणको विरोध गर्ने उनले बताए । करिब ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै यस्तो गतिविधिले उनीहरू र परिवारमा कस्तो आघात पुग्छ भन्नेबारे ख्याल राख्न पनि उनले आग्रह गरेका छन् ।

केही समय अगाडी ज्योती विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणको उनले विरोध गरे । कानूनी राज्य भएकाले सबैले कानूको पालना गर्नुपर्ने र त्यस्तो खालको क्रियाकलाप बन्द गर्नुपर्ने उनको भनाई छ ।

नियामक निकायदेखि बैंकिङ कसुर ऐनहरू रहेकाले आफूहरू त्यस अनुसार नै अगाडी बढ्ने उनले स्मरण गराएका छन् ।