काठमाडौँ । जेन जेड समूहको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँका विभिन्न स्थानमा सुरक्षा निगरानी बढाइएको छ । विशेष गरी माइतीघर मण्डलामा प्रहरीको तैनाथी थप गरिएको छ ।
मिराज ढुंगाना र रविकिरण हमाललगायतको नेतृत्वमा रहेको जेन जेड समूहले आजदेखि ‘संयुक्त जेन जेड आन्दोलन’ घोषणा गर्दै प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सम्भावित भीड तथा प्रदर्शनलाई व्यवस्थित बनाउन माइतीघर आसपास ट्राफिक र सुरक्षाकर्मीको उपस्थिति बढाइएको प्रहरी स्रोतले जनाएको छ ।









