२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा

अ+ अ-

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दालाई ‘हेर्ने’ बताएका छन् । उनलाई ‘विदेशी एजेन्ट’ को रूपमा रूसमा काम गर्न नाम दर्ता नगरेको र नयाँ जासुसीको आरोपमा २० वर्षको जेल सजायका लागि अभियोग दर्ता गराइएको छ । 

स्विस द्वन्द्व मध्यस्थता एनजीओका लागि काम गर्ने र सन् २०२४ जुनमा जेल परेका भिनाटियरले तीन वर्षको सजाय भोगिरहेका छन् भने उनीमाथि जासुसीको नयाँ आरोप पनि लगाइएको छ ।

“मलाई यस मुद्दाको बारेमा केही थाहा छैन। यो मैले पहिलो पटक सुनेको छु,” पुटिनले भिनाटियरको मुद्दाको बारेमा भने । यसलाई फ्रान्सेली र अन्तर्राष्ट्रिय मिडियाले व्यापक महत्त्व दिएर प्रकाशन तथा सम्प्रेषण गरेका छन् । 

“म तपाईँहरूसँग प्रतिज्ञा गर्दछु, म निश्चित रूपमा यो के हो भनेर खोजी गर्नेछ । यदि रुसी कानुनले अनुमति दिन्छ भने हामी हरसम्भव उहाँको रिहाईका लागि प्रयास गर्नेछौँ,” पुटिनले भने । 

सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमा चौतर्फी आक्रमण गरेपछि पक्राउ परेका धेरै पश्चिमीमध्ये भिनाटियर पनि एक छन् । 

रूसमा कैयौँ अमेरिकी नागरिकलाई पक्राउ गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्ववर्ती जो बाइडेनको मध्यस्थतामा उनीहरूमध्ये धेरैलाई रिहा गरिएको छ ।

भिनाटियरको परिवारले उनीमाथि लागेको आरोपलाई अस्वीकार गर्दै उनी रुसको युद्धका कारण मस्को र पेरिसबीच छाएको तनावको शिकार भएको बताएको छ ।