२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त

अ+ अ-

काठमाडौँ। मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएका छन् । लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट नयाँ दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । यस्तै, गत २१ मंसिरमा बिना विभागीय मन्त्री नियुक्त भई शपथ लिएका काँग्रेसका जंगीलाल रायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा एसका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनमत पार्टीका महेशप्रसाद यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए। यससँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ।

अहिले मधेश सरकारमा काँग्रेसका मुख्यमन्त्री र एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका १(१ जना सहभागी छन् ।

जसपाबाट अहिलेसम्म कोही सरकारमा सहभागी छैनन् । गत मङ्सिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री यादवले आगामी पुस ४ गते विश्वासको मत लिने भएका छन्।