२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइएको आइजिपी कार्कीको गुनासो

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैँ तारोमा पर्ने गरेको बताएका छन् । उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरेका हुन् ।

जेन जेड आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उद्घाटन गर्दै कार्कीले सो गुनासो गरेका हुन् ।

विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई नै तारो बनाइएको बताउँदै उनले भने, ‘मूलभूत रूपमा नेपाल प्रहरीका थुप्रै संरचनाहरू आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए । यसभन्दा पहिला पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रूपमा पर्छ ।’

‘यसलाई चाहिँ चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो पनि बनाउने, त्यस्तो पनि हुन्छ,’ उनले थपे ।

उनले यस्ता प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी आवश्यक रहेकोमा जोड दिएका छन् । त्यसतर्फ ध्यान दिन उनले सबै प्रहरी तथा कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।

‘नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले मात्रै मुलुकभरीमा शान्ति सुव्यवस्था कायम हुने यो शाश्वत कुरा भएको हुनाले नागरिक र प्रहरीको सामिप्यतापूर्ण सम्बन्ध निरन्तर कायम राख्दै काम गर्न म हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिन्छु,’ आइजिपी कार्कीले भने ।