२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

अ+ अ-

इस्लामाबाद । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रही व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजात अनुसार, फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ ।

गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ ।

“लामो कानुनी कार्यवाही पछि अभियुक्तलाई सबै अभियोगमा दोषी ठहर गरी अदालतले १४ वर्षको कारावासको सजाय सुनाएको विज्ञप्तिमा जनाइएको छ ।  

विज्ञहरूका अनुसार फैज हमिद इमरान खानका कट्टर समर्थक थिए, जसलाई केही शीर्ष नेताहरूको समर्थन गुमाए पछि अविश्वास मतद्वारा हटाइएको थियो ।  

सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल, फैज हमिदले खानले सत्ता गुमाएको केही महिना पछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ । 

 यस लगतै उनलाई पाकिस्तानी सेना ऐन उल्लङ्घन गरेको पनि आरोप लगाइएको थियो ।