२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै

अ+ अ-

जुम्ला । जिल्ल सदरमुकाम खलङ्गा बजारमा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ ।  

यहाँको चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जाको सहयोगमा यही मङ्सिर २७ गते कृषि जैविक विविधता तथा खाद्यपरिकार प्रदर्शनी मेला सञ्चालन हुने भएको हो ।

चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए। उनका अनुसार प्रदर्शनी मेलामा किसान, कृषि उपभोक्ताले उत्पादन गरेको रैथाने परिकारको अवलोकन गर्न सकिनेछ । 

मेलामार्फत जैविक विविधताको जगेर्ना र परम्परागत खाद्य संस्कृतिको पुन:जीवन हुने विश्वास लिइएको प्रशासकीय अधिकृत बुढथापाले बताए। 

सुरक्षित, पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले सामुदायिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले मेलाले जनचेतनामा ठूलो योगदान पुर्‍याउने नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले विश्वास व्यक्त गरे । 

यहाँको कृषि सम्भावना, परम्परागत प्रजाति संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । 

किसानका नवीन उत्पादन, मौलिक बीउबिजन तथा स्थानीय खाद्य परिकार एकै ठाउँमा प्रदर्शन गरिनुले जिल्लाको कृषि पहिचान मजबुत बनाउने अवसर भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।