२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ’: मन्त्री घिसिङ

अ+ अ-

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्र रहेका नदी सफा गर्न सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । त्यस क्रममा बागमती, विष्णुमती, धोबी खोला, टुकुचा र गुह्येश्वरीलगायत काठमाडौँ उपत्यकाका नदीहरूलाई सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको उनले जानकारी दिए ।

आज थापाथलीस्थित बागमती करिडोरमा निर्माणाधीन फोहर पानी प्रशोधन ‘प्लान्ट’को निरीक्षण गर्दै मन्त्री घिसिङले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा काम सुरु भए पनि नदी वरिपरिका रुख कटानी र त्यस क्षेत्रको ठाउँ तयार गर्न समय लागेको बताए । उनले बागमती नदी सफा गर्न गुह्येश्वरीमा ‘प्लान्ट’ बनेको र अन्य केही ठाउँमा पनि बन्ने क्रममा रहेको उल्लेख गरे ।

काठमाडौँ उपत्यकाभित्रका केही नदी ललितपुर महानगरपालिकाभित्र भएको र त्यस ठाउँमा ‘प्लान्ट’ बनाउने क्रममा स्थानीयको विरोधका कारण पनि ढिलाइ भएको मन्त्री घिसिङको भनाइ थियो । उनका अनुसार ‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पुर्‍याउने योजना सुनाए ।

मन्त्री घिसिङले भने, “यता काठमाडौँपट्टि बनिरहेको संरचना अब छिट्टै सम्पन्न हुने देखिन्छ, तर उता ललितपुरतिरको भागमा काम रोकिँदा समग्र परियोजनामा केही ढिलाइ हुने भएको छ । यसलाई जसरी पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।”

काठमाडौँ उपत्यकाका सबै नदी सफा गर्नका लागि प्रतिदिन छ सय ‘एमएलडीको प्लान्ट’ आवश्यक पर्ने भए पनि हाल उपत्यकामा निर्माणधीन ‘प्लान्ट’ त्यसको २० प्रतिशत मात्रै भएको उनले उल्लेख गरे । हाल  एडिबीको रु. तीन अर्ब १८ करोड लगानीमा ‘प्लान्ट’ निर्माणको काम भइरहेको पनि मन्त्री घिसिङले जानकारी दिए।