२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लडाइँ नचाहने हो भने राजसंस्थाबारे जनमत संग्रह गरौँ’ : दुर्गा प्रसाईँ

अ+ अ-

काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत सङ्ग्रहमा जान आग्रह गरेका छन्।

आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरू राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत सङ्ग्रहमा जान आग्रह गरेका हुन्। उनले लडाइँ नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए। 

नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरूका मागप्रति सकारात्मक रहेको बताए। 

आफूहरूका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको उनको भनाई थियो। यदि सरकारले आफूहरूका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए। 

प्रसाईँले भने, ‘हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत सङ्ग्रहमा जाऔँ भनेका छौँ। ल तपाईँहरू लडाइँ चाहनु हुँदैन भने जनमत सङ्ग्रहमा जाऔँ। हामीले नेपाल जोगाइराख्ने बाटो बनाइदिउँ। मेरा माग नेपाल बेच्ने माग छैनन्, नेपालीहरूको माग छ। नेपाल टुक्राउँ भन्ने माग छैन। गृहमन्त्री पोजेटिभ हुनुहुन्छ। म सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु। माग पूरा नभए आन्दोलन छँदै छ नि। चित्त नबुझ्नेले आन्दोलन गर्ने हो। यी माग पूरा भएनन् र चित्त बुझेन भने त आन्दोलन गर्छौँ।’