२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रत्नपार्कमा अब नि:शुल्क वाइफाइ चलाउन पाइने

अ+ अ-

काठमाडौँ । काठमाडौँको रत्नपार्कमा जाडो याममा घाम ताप्दै नि:शुल्क (वाइफाइ) इन्टरनेट चलाउन पाइने भएको छ ।

कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रूपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै नि:शुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।

महानगरपालिका अन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नपार्कमा नि:शुल्क वाइफाइ जडानको काम गरिरहेको छ ।

शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठले मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा नि:शुल्क इन्टरनेट सेवा प्रदान गरिने बताए ।

अव्यवस्थित रत्नपार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२–७३ मा करिब रु. ८० लाखको लागतमा पुन:निर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।

काठमाडौँ महानगरपालिकाले रत्नपार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् ।

महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।

रत्नपार्कभित्र छिर्नका लागि हाल विद्यार्थीलाई रु. २०, सर्वसाधारणलाई रु. ३० र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई रु. १०० लाग्ने गरेको छ ।