२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित न्यू दाङ बर्दिया होटेल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम, नगद ९ हजार ५ सय रुपैयाँ र डिजिटल तराजु १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ घर भएका भूपेन्द्र कुमार बुढा र तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका मनिष गुरुङ रहेका छन्। प्रहरीले उक्त होटेलको २०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई सोमबार बेलुकी पक्राउ गरेको हो।

यसैगरी काठमाडौँ, टोखा नगरपालिका-९ गोंगबु कुलान्त मार्गस्थित नमस्ते नेपाल गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ नीलकण्ठ नगरपालिका(३ घर भएका किशोर मगर, सोही नगरपालिका-७ घर भएका कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिका-३ घर भएका लोकेन्द्र खड्का रहेका छन्। प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौँ, गोकर्णेश्वर नगरपालिका-८ माकालबारीबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुलसहित सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक भोटेचौर घर भएका सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।