काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ ।
बैठक बिहान ११:३० बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मदन प्रसाद परियारसँग विशेष छलफल गरिनेछ ।
यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री परियारसँग संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप) मा भएका विगतका निर्णय-सम्झौताको कार्यान्वयनको अवस्था-प्रगति एवं ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०) को समीक्षा गर्ने कार्यसूचीमा रहेको छ ।







