काठमाडौँ । मुस्ताङमा तास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनसहित १२ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रुपैयाँ र ४ बुक ताससहित शुक्रबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







