सिराहा । अवैध लागू औषध गाँजा करिब १ हजार ४ किलो ४ सय ५० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सङ्खुवासभा धर्मदेवी नगरपालिका-९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् । उनीहरूलाई सिराहको लहान नगरपालिका-१ ट्राफिक चोकबाट इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले शनिवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला परेको हो । हाल उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







