२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा थपिए तीन हजार ९८५ मतदाता

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर खुला गरिएको मतदाता नामावली संकलन अभियानका क्रममा खोटाङका तीन हजार ९८५ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराएका छन् । 

जेन जेड आन्दोलनपछि गठन भएको सरकारले दिएको निर्देशन अनुसार निर्वाचन आयोगले गत असोज ९ गतेदेखि देशभर सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानका क्रममा खोटाङका एक हजार ९२३ महिला र दुई हजार ६२ पुरुषले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने नयाँ मतदातामध्ये अधिकांश युवा छन् । जिल्लामा मतदाता नामावली दर्ता गराउने अधिकांश १६ देखि २५ वर्ष उमेर समूहको रहेको निर्वाचन कार्यालयले जनाएको छ । यही मङ्सिर ५ गतेसम्म थपिएका नयाँ मतदातामध्ये कार्यालयमा आएर एक हजार २०३ जना र राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ७८२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिए । 

“गत कात्तिक १७ गतेसम्म खोटाङमा एक लाख ४४ हजार ३२९ मतदाता कायम भएको थियो । अहिले तीन हजार ९८५ जनाले मतदाता नामावलीमा आफ्ना नाम दर्ता गराएका छन्”, उनले भने, “निर्वाचन आयोगले आगामी पुस-१५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदाता नामावलीमा नाम दर्ता गराएर फागुन २० गतेभित्र १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउँछन् । त्यो सङ्ख्या पुस १५ गते मात्र यकिन हुन्छ ।”

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ मतदातामध्ये ८१० मतदाताले अन्तर जिल्ला मतदान केन्द्र कायम गरिदिन माग गर्दै कार्यालयमा निवेदन दिएको जिल्ला निर्वाचन अधिकारी मगरले जानकारी दिए । यस्तै, नयाँ मतदाता नामावली दर्ताका लागि २७० मतदाताले बाहिर फाराम भरे पनि बायोमेट्रिक गर्न कार्यालय नआएको जनाइएको छ ।