काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४८६७/०८१-८२ (खुला) शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।








