२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई देशको ३३औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यक्रममा सहभागी भएपछि कार्कीले प्रहरी संगठनको मनोबल उच्च राख्दै सुदृढ नेतृत्व, पारदर्शिता र सामूहिक भावनासहित संगठनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

यसअघिका आईजीपी चन्द्र कुबेर खापुङ्गको ३० वर्षे सेवा अवधि बुधबार पूरा भई उनी अनिवार्य अवकाशमा गएका छन्।

प्रहरी निरीक्षकका रूपमा २०५४ चैतमा सेवा प्रवेश गरेका कार्कीको ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म उनी आईजीपी रहनेछन्। ०८२ वैशाख १५ मा एआईजीमा बढुवा भएका कार्की ६ महिनामै सर्वोच्च प्रहरी नेतृत्वमा पुगेका हुन्।

कार्की २०६६ मंसिरमा डीएसपी, २०७४ साउनमा एसपी, २०७९ साउनमा एसएसपी, २०८१ कात्तिकमा डीआईजी र २०८२ वैशाखमा एआईजीमा बढुवा भएका थिए। २०२९ साउनमा गुल्मीको मालिका गाउँपालिकामा जन्मिएका उनी प्रहरी संगठनमा कुशल, अनुशासित र क्षमतावान अधिकारीका रूपमा चिनिन्छन्।

महानिरीक्षकका लागि एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए। यीमध्ये कार्की, अधिकारी र केसी २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन्।

आम नागरिकमा सुरक्षा अनुभूति सुनिश्चित गर्नु अहिले प्रहरी संगठनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। नागरिकप्रति गर्ने व्यवहारमा सुधार ल्याउँदै, राजनीतिक शक्तिको प्रभावबाट मुक्त भई, संगठनभित्रका खराब आचरणहरू हटाउन सकेमात्रै प्रहरी साँच्चिकै नागरिकको मन–मुटुमा बस्न सफल हुने विशेषज्ञहरू बताउँछन्।