२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थपिए २ लाख ९ हजार नयाँ मतदाता

अ+ अ-

काठमाडौँ। थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् ।

निर्वाचन आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा पुरुष १ लाख २२ हजार ७४० जना र महिला ८६ हजार ७८५ जना रहेका छन् । अन्य २७ जना रहेका छन् ।

अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले जेन जेड समूहलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य गत असोज ९ गतेबाट सुरु गरेको थियो । मतदाता नामावली संकलन कार्य यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आयोगका अनुसार १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिने छ ।

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।

यसका अलावा विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँ सारी गर्न सक्नेछन् । मतदाता नामावलीमा नाम तथा अन्य विवरणमा त्रुटि भएमा पनि सच्याउन सकिनेछ ।

नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६र६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।