२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

अ+ अ-

हेटौँडा । त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौं तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौं–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ ।

पालुङबाट डोजर र प्राविधिकहरु सडक खुलाउन बिहानै त्यसतर्फ पठाइसकिएको र आज अपराह्न सम्ममा यातायात सञ्चालनमा ल्याई सकिने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

पहिरो गई त्यसको सूचना समयमा नै नपाउँदा काठमाडौंबाट हेटौँडातर्फ जाने त्रिभुवन राजपथ र भीमफेदी कुलेखानी सडकखण्डमा सयौँ सवारी आगमन अवरुद्ध रहेको र सडकहरुमा यात्रुहरु अलपत्र भई कठिनाइ भोग्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए । रासस