२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँहरू नमिल्ने हो भने कुलमानलाई भ्रष्टाचार र अरूलाई राजद्रोहको मुद्दा लाग्ने पुकार बमको दाबी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय तथा वैकल्पिक शक्ति र जने जेडहरुसहितको एकताका लागि वार्ता गर्न गठित समितिका संयोजक  पुकार बमले नयाँहरू एक्ला एक्लै जाने हो भने चुनावपछि सबै जेलमा जानुपर्ने खतरा औँल्याएका छन् ।

रास्वपामा कुलमान घिसिङलाई नेतृत्व दिएर भने पनि एउटै पार्टी बनाउने प्रयास सफल हुन नसकिरहेका बेला बमले मुद्दा,विचार र सिद्धान्त एक हुँदा हुँदै पनि एक्लै जाने हो भने चुनावपछि सबै जेलमा जानुपर्ने बताएका हुन् ।

बमले ७ बुँदे वक्तव्य जारी गर्दै एक्ला एक्लै चुनावमा गए पूरानै पार्टीका नेताहरूको सरकार बन्ने र उसको पहिलो प्राथमिकता सबैलाई खोजीखोजी जिल्ला जिल्लामा मुद्दा लगाएर जपेलमा सढाउने निश्चित रहेको बताएका हुन् ।

बमले कारागारभित्र रहेकै कारण रास्वपा सभापति रवि लामिछानेलाई मात्र एकताको बाधक देख्ने हो भने कुलमानमाथि पनि नीति संस्थागत र आर्थिक भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणलगायतका मुद्दा लगाइन सक्ने दाबी गरेका छन् ।

उनले नयाँ दलका अध्यक्ष भएमा कुल मानमात्र होइन बालेन शाह, सुमना श्रेष्ठ,सुदन गुरुङ,सागर ढकाल लगायतमाथि पनि देशद्रोही, आतंकवाद प्रोत्साहन,साम्प्रदायिक दंगा उत्प्रेरणा,आन्दोलनमा भीडलाई उक्साएको,विध्वंस मच्चाएको, आजनी तथा सार्वजनिक सम्पत्ति तोडफोडजस्ता मुद्दा दायर हुने सम्भावना समेत देखाएका छन् । 

रास्वपाबाट वार्ता टोली संयोजक रहेका पुकार बम तथा सदस्य गणेश कार्कीहरूले सुमना श्रेष्ठको एजेण्डामा काम गर्दै रवि लामिछानेको ब्राण्डबाट बनेको रास्वपा बाहिरबाट कब्जा गराउन खोजेको भन्दै रास्वपा संस्थापनले स्वर्णिम वाग्लेलाई वार्तामा अघि सारेको थियो । उनले एकताका लागि सभापतिबाहेक अरू पद आफूसहितले त्याग्न तयार रहेको बताएका थिए ।

त्यसपछि पुकार बमको यो चेतावनीयुक्त वक्तव्य आएको हो । रास्वपा कब्जा गर्ने प्रयास असफल भएपछि अब कुलमान, सुमानासहितको नयाँ पार्टीको तयारी भइरहेको छ ।