२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ । वर्षातकको मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो । निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसे मैदानका भित्री फाँटमा वर्षाको पानी अझै जमिरहेकाले सो क्षेत्रमा हालका लागि सवारी साधन आवतजावतमा गर्न कठिनाइ हुने भएकाले रुट कायम गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सहज प्रवेशका लागि रुट सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

चौधरीका अनुसार शुक्लाफाँटा–सिंहपुर–रानीताल–बाबाताल हुँदै पुन:मझगाउँसम्मको रुट पर्यटकका लागि कायम गरिएको छ । बाबातालबाट पनि प्रवेश गरी म गाउँ पुग्न सक्ने व्यवस्था गरिएको छ ।

“यी दुवै रुट पुरानै हुन्”, निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले भने, “मुख्य रुटमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा छन्, घाँसेमैदानभित्रका फाँटहरूमा अहिले पनि पानी जमेको भएकाले हालका लागि गाडी प्रवेश गराउन सकिने अवस्था छैन ।” निर्धारित रुटमार्फत पर्यटकले घना जंगल, वन्यजन्तु र प्राकृतिक दृश्यको अवलोकन गर्न सक्ने उनले बताए । 

निकुञ्जमा अहिले चितुवा, हात्ती, बाघ, गैँडा, हरिण, मृग, नीलगाई र विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । साथै, शुक्लाफाँटाको विशेषता मानिने घाँसे मैदान, बाबाताल, रानी ताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, रानी ताल र बर्कौला क्षेत्र निकुञ्जभित्रका मुख्य पर्यटकीय आकर्षणका बिन्दु हुन् ।

सूचना अधिकारी बाग्लेका अनुसार वर्षाको पानी सुकेपछि शुक्लाफाँटाका घाँसेमैदानभित्रका सडक पुन:पर्यटकका लागि सफारी सञ्चालन गरिनेछ । “हाल पर्यटकको सहज आवागमनलाई प्राथमिकता दिँदै रुट सीमित गरिएको हो”, उनले भने, “पानी सुकेपछि पूर्ववर्ती रूपमै सफारी सञ्चालन हुनेछ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको पश्चिमी भूभागमा अवस्थित एक मात्र घाँसेमैदानयुक्त निकुञ्जका रूपमा रहेको छ । जहाँ विश्वकै दुर्लभ स्वाम्प डियर (बाह्रसिंगा) को महत्त्वपूर्ण बास स्थान मानिने उनले जानकारी दिए । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ ।