२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकैदिन ११५ ले पाए नागरिकता

अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–४ मा शनिबार सञ्चालित एक दिने एकिकृत घुम्ती सेवा शिविरमार्फत ११५ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् ।

सर्वसाधारण जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्ने सरकारको नीतिअनुरुप जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सञ्चालित उक्त शिविरबाट गाउँपालिका अन्तर्गतका विभिन्न वडाका सर्वसाधारणले नागरिकता प्रमाणपत्र लिएका हुन् ।

नागरिकता लिनेमध्ये केही जेष्ठ नागरिक पनि रहेका बताइएको छ । यस्तै, जिल्ला कृषि विकास कार्यालयबाट ७१, जिल्ला पशुसेवा कार्यालयबाट ७३, जिल्ला स्वास्थ्य कार्यालयबाट १२४, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ११५ र महिला विकास कार्यालयबाट १८ जनाले सेवा लिएका छन् ।

जिल्ला वन कार्यालय र डिचेनडोङ्ला आँखा अस्पतालबाटसमेत दर्जनौं सर्वसाधारणले सेवा लिएको बताइएको छ । यसअघि पनि जिल्लाका ग्रामीण क्षेत्रसम्म पुगेर सरकारी कार्यालयले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको र आगामी दिनमा पनि आवश्यकता हेरी घुम्ती सेवा शिविर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।