२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित

अ+ अ-

संयुक्त राष्ट्रसंघ । नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्दा बढी बालबालिकालाई अपहरण गरेर लगेका छन् ।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)को जानकारी अनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट एक हजारभन्दा बढी बालबालिका अपहण गरी लगेको कुरा सार्वजनिक गरे लगत्तै बिहीबार यो समाचार आएको छ ।

लडाकूहरुले बालबालिकालाई लक्ष्य गरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेका जनाइएको छ । उनीहरुले आफ्नो विद्रोही दस्तामा जबर्जस्ती भर्ती गर्न यसरी बालबालिकालाई अपहरण गर्ने गर्दछन् ।

नाइजेरियाको उत्तर पूर्वी एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयबाट उनीहरुले ती बालबालिकालाई अपहरण गरी लगेको सुरक्षाकर्मीले जनाएका छन् ।

ती बालबालिकाको खोजीकार्य सुरु भएको छ । उनीहरुको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको यहाँको गृह प्रशासनले जानकारी दिएको छ ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झण्डै नौ वर्षको अवधिमा उनीहरुले १२ सयभन्दा बढी विद्यालयमा आक्रमण पनि गरेका छन् ।

यो अवधिमा बोको हरामको आक्रमणमा परेर दुई हजार २९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वव्यापीरुपमा त्यसको निन्दा भएको थियो । सरकारले ती बालबालिकाको खोजीका लागि निकै प्रयास ग-यो तर पनि सबैलाई सकुशल मुक्त गर्न भने सकेन ।

बोको हराम आतङ्ककारी समूहले बालबालिकालाई यसरी अपहरण गरेपछि जबर्जस्ती सेनामा भर्ती गर्ने, यौन शोषण गर्नेजस्ता ज्यादति गर्ने गर्दछन् । रासस/एएफपी